|
|
|
|
|
 |
स्वागतम् अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापानको होमपेजमा
समाचार/बिबिध
|
हार्दिक निम्त्रणा
कार्यक्रम - साहित्य श्रीन्खला - ७, भानु जयन्ती तथा कबी गोस्ठी
मिती - जुलाई १२, आईतवार
स्थान - नागोया (जिन्द्र्यो एकि) जिन्द्र्यो हल
साहित्य श्रीन्खला-६ तथा हाइकु माला बिमोचन सम्पन्न
हाइकु माला बिमोचन जापानकालागी नेपाली राजदूत महामहिम डा गणेश योन्जन तामाङज्यूबाट सम्पन्न भयो।
साहित्य श्रीन्खला-६ तथा हाइकु माला बिमोचन सम्पन्न
-
जापानमा कवि गोष्ठी तथा कृति विमोचन
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा नव वर्ष २०६६ तथा जापानी फूल साकुराको हानामी पर्वको अवसरमा अप्रिल १९ आइतवार टोकियोमा छौटौं साहित्य श्रङ्खला तथा कवि गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । जापानका लागि नेपाली राजदुत डा। गणेश योन्जन तमाङज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमका अतिथिहरुमा अनेसासका केन्द्रिय अध्यक्ष डा। कुमार वस्नेत, जनजाती महासंघका अध्यक्ष तथा एनआरएन जापानका उपाध्यक्ष ओम गुरुङ्, साझा संयन्त्र जापानका संयोजक मेघराज नेपाल, आइएनसिजेका अध्यक्ष शालिकराम भण्डारी, नेकपा एमाले जापान प्रवाश कमिटिका प्रतिनिधि स्वतन्त्र पौडेल, शान्ति तथा लोकतान्त्रीक माचका अध्यक्ष तथा पत्रकार भूषण घिमिरे, जनप्रगतिशिल मोर्चाका सचिव जोन छन्तयाल, एन्आरएन आईसिसी महिला प्रतिनिधि गायत्रि पौडेल आदी बाट शुभकामना मन्तब्य तथा साहित्यिक रचना सुनाइएको थियो ।
प्रमुख अतिथिको आसनबाट महामहिम डा योन्जनले साहित्यिक कार्यक्रममा उपस्थिति हुन पाएकोमा प्रसन्ता प्रकट गर्दै सामाजिक परिवर्तनमा साहित्यले खेल्न सक्ने भूमिकाको सम्बन्धमा चर्चा गर्नु भयो । अनेसासका केन्द्रिय अध्यक्ष डा। वस्नेतले अनेसासको भावी कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।
आयोजक संस्थाका अध्यक्ष वेलु थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जापानबासी २२ जना नेपाली कविहरुद्धारा रचित हाइकु संग्रह हाइकुमालाको विमोचन समेत भएको थियो । विमोचीत कृति हाइकुमालाका प्रधान सम्पादक प्रकाश पौडेल माइला तथा सम्पादक भिष्म सुवेदी रहनुभएको छ ।
२ चरणमा सन्चालन गरिएको उक्त कार्यक्रम अन्तर्गत दोश्रो चरणमा जापानमा रहेका र अन्य मुलुक्बाट समेत प्राप्त भएका रचना बाचन गरिनुका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुबाट शुभकामना मन्तव्य राखिएको थियो । उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाश पौडेल माइलाद्धारा जापानी हाइकुका सम्बन्धमा खोजमुलक कार्यपत्र पनि प्रस्तुत गरियो ।
अनेसास जापानद्धारा हरेक तीन तीन महिनामा चरणवद्ध रुपमा आयोजना गरिदै आएको साहित्यिक भेट्घाट अन्तरगत यो छौटौं साहित्य श्रृङ्खला हो । कार्यक्रममा उपस्थित भएर आ-आफ्ना रचना वाचन गर्ने कवि कवयित्रिहरुहरुमा दिनेशराज ज्ञावाली, भिष्म सुवेदी, छक्कु उदासी, स्वतन्त्र पौडेल, चिन्तामणि मरहठ्ठा, पुष्करजंग थापा, शशि वि क, गायत्रि पौडेल, धिषण निरौला, सपना निरौला-पोखरेल, दिवाकर ज्ञावाली, देवि इङ्गनाम, चण्डि सुवेदी, आलोक चालिसे, प्रकाश पौडेल माइला, कुमार वावु सिङखडा आदि हुनुहुन्थ्यो । कार्यक्रमका लागि इमेलवाट रचना पठाउनेहरुमा वेल्जियमवाट कृष्ण वजगाई, इजरायलवाट सुनिल संगम, कतारवाट लेखराम सापकोटा, डा हेमनाथ घिमिरे लामाजुङ, मियाजाकीवाट रविन्द्र ढकाल, काठमाडौं बाट ॠषिरम अर्याल, क्यलिफोर्नियाबाट शेखर ढुङेल आदिहुनुहुन्थ्यो ।
आलोक चालिसेको संचालन रहेको उक्त कार्यक्रममा मझेरी डट कमका संचालक कुमार वाबु सिङखडाले विमोचित कृति हाइकुमालाको समालोचना तथा प्रधान सम्पादक प्रकाश पौडेल माइलाले पुस्तकमा समाविष्ट सामाग्री माथि प्रकाश पार्नु भएको थियो ।
-
पाँचौ साहित्य श्रृंखला-स्वर्गिय रमेश बिकलको स्मरणमा श्रद्दान्जली
जनवरी ११ मा अन्तरराष्ट्रिय साहित्य समाज जापानले पाँचौ साहित्य श्रृंखला अन्तर्गत बरिस्ठ साहित्यकार स्वर्गिय रमेश बिकलको स्मरणमा श्रद्दान्जली सभाको आयोजना गर्यो ।
टोकियोको ओमोरी स्थित सेइयु भवनमा अयोजित उक्त समारोह नेपाली दुताबश टोकियोका उपनियोग प्रमुख तथा साहित्यकार डा. दुर्गा सुबेदी छेत्री, शान्ती तथा लोकतान्त्रीक नेपाली मन्च जापानका अध्यक्ष भुशण घिमिरे, गैर आवाशिय नेपाली संघ जापानका कोशध्यक्ष शालिकराम भण्डारी, जापान स्थित नेपाली राजनैतीक पार्टीका भात्री संगठनका प्रतिनिधिहरु महेश कुमार श्रेष्ठ(जन संपर्क मन्च), सुर्य प्रशाद पाठक ( नेकपा एमाले प्रबाश कमिटी ), समुद्र पारी वेब पत्रीकाका प्रधान सम्पादक तिलक मल्ल, सितार समाज जापानका सुस्मा ओमाता , माझेरी डट कमका प्रधान सम्पादक कुमार बाबु सिम्खडा, मगर समाजका गम जुग्लाली मगर आदिको आतिथ्यमा मृत आत्माको चीर शान्ती को कामनाकोलागी एक मिनेट मौनधारण गर्दै सुरु भएको थियो ।
समाजका उपाध्क्ष दिनेश ज्ञवालीको सन्चालनमा सम्पन्न उक्त समारोहमा स्थापित र नबोदित सर्जकहरुको उल्लेख्य उपस्थितीबिच साहित्यकार दुबशु क्षत्री,छक्कु उदासी, शशी बिक, सुश्मा ओमाता,भिस्म सुबेदी, देबी बहादुर इङ्नाम, पुस्कर जङ थापा
आदी बाट श्रद्धन्जली रचना सुनाइयो । त्यस्तै गरी प्रकाश पौडेल माइलाले ” जापानी साहित्यमा हाइकु - मानयोशु काब्य सन्कलन देखी माचुओ बाशो सम्म” सिर्शकमा कार्यपत्र प्रस्तुत गर्नु भयो ।
त्यस्तै प्राप्त श्रद्दान्जली कबितामा साइतामा जापान बाट शोवना शारङी, निहारिका शाही, सन्तोष आचार्य,बेल्जियमबाट उशा गिरी, इज्रायल च्याप्टर बाट सुनिल सँगमको हाइकु तथा शुभकामना सन्देश, अनेसास केन्द्रिय समितीका अध्यक्ष डा. कुमार बस्नेत बाट शुभकामना सन्देशलाई बाचन गरेर सुनाइएको थियो ।
उक्त कार्यक्रममा रमेश बिकलको ब्यक्तित्व र कृतित्वका बारेमा बिभिन्न अतिथी बक्ताहरुले प्रकाश पार्दै कालजयी श्रस्ठाहरु साहित्य मार्फत अजर रहने बताउदै हार्दिक श्राधान्जली ब्यक्त गर्नुभएको थियो । त्यस्तै जापानी कला - साहित्यका नबप्रतिभाहरु तानाका रियुतारो र इवामी आसुकाबाट पनि नेपाली साहित्य र सर्जक बारे शुभकामना तथा श्रधान्जली मन्तब्य ब्यक्त भयो ।
मनिता श्रेष्ठको स्वागत मन्तब्य सँगै उपाध्यक्ष प्रकाश पौडेल माइलाले नागरिक स्तरबाट स्थापित र स्वर्गिय बिकलको अनुदानको भबनमा आरुबारी काठमाडौंमा स्थापित रमेश बिकल साहित्य प्रतिस्ठानलाई एकबद्दता स्वरुप आर्थिक सहयोग गर्ने बताउनु भयो । त्यस्तै अर्का बक्ता देबी इङ्नामले अनेसास जापानको आगामी प्रकाशनलाई रमेश बिकल स्म्रृती अंकका रुपमा तयार गरिने कुरा जानकारी गराउनु भयो ।
कार्यक्रममा महासचिब आलोक चालिसेले साहित्य आम जीबनको लागि भन्ने अती सामान्य तर मनन्योग्य विचारमा आजीवन बाचेँका श्रद्देय रमेश बिकलको बारेमा पारिवारिक सदस्यका नाताले भोगेको ब्यक्तित्व चित्रण गर्दै जीवन कालमा उहाले अफुलाई लेख्नुभएको अती समसामायिक र साहित्यिक भाबनामा बगेको पत्र पढेर सुनाउदा सम्पूर्ण उपस्थित सदस्यहरु अती भाब बिह्वोल हुनु भएको थियो ।
नेपाल दुताबासले गैर राजनैतिक ब्यक्तित्वको नागरिक सम्मन स्वरुप प्रथम पटक शोक पुस्तिका राखेको बताउदै उपनियोग प्रमुख छेत्रीले साहित्य र संस्कृतिको सम्बर्धनका लागि नयाँ कार्यक्रमको साथ् अगाडि बढ्ने पनि बताउनु भयो ।
-
जापानमा १०० औं देवकोटा जयन्ती मनाईयो
अनेसास जापानको आयोजनामा कार्तिक २४ गते टोक्यो मा १०० औ लक्ष्मी जयन्ती कबिता बाचन , पत्रीका,बिमोचन र बिशिष्ट ब्यक्तिहरुको सम्मान गरी मनाइयो ।
च्याप्टरका अध्यक्ष बेलु थापाको सभापतित्व मा भएको उक्त कार्यक्रम का प्रमुख अथिती महामहिम डा. गणेश योन्जन तामाङले प्रकाश पौडेल माइलाको सम्पादकीय रहेको बिबिध साहित्य संगालो `साकुरा फुल्दा ` को बिमोचन गर्नु भयो ।`साकुरा फुल्दा`मा अनेसास जापान साहित्य शृंखला तीन मा वाचन गरिएका रचनाहरु संकलन गरिएको छ ।`साकुरा फुल्दा`को समिक्षा गर्दै नेपाली दूताबासका उपनियोग प्रमुख तथा साहित्यकार दुबसु क्षेत्रीले अनेसास जापानको कार्यको प्रशंशा गर्दै यसले निरन्तरता पाओस भन्ने शुभकामना ब्यक्त गर्नुभयो भने सम्पादक माइलाले आफ्नातर्फ बाट मन्तब्यका साथमा नेपाली साहित्यमा हाइकु बिषयक कार्यपत्र पनि प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा जापानमा नेपाली भाषा साहित्य कला र संस्कृती प्रति समर्पित जापानी नागरिकहरु हारुहितो नोजु (साहित्यकार ,कलाकार ,अनुबादक ),इतो युकी (अध्यक्ष जापान नेपाल सोसाइटी ),युकी ओकामोतो मल्ल (नेपाली नृत्य प्रशिक्षक ), माशाका युगुची ( मुनामदनको जापानी भाषामा अनुबादक ) तथा अनेसास जापान स्थापना हुनु भन्दा अघि जापान मा बिबिध-साहित्यिक कार्यक्रम सम्पन्न गर्दै आएको नेपालीहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली समाज जापान लाई सम्मानित गरियो । सम्मानित ब्यक्तित्वहरुले मन्तब्यका क्रममा यो सम्मान ले आफ्नो जिम्मेवारी बढाएको महशुश गरेको र अझ अगाडी बढ्न प्रेरणा मिलेको बताउनुभयो ।कवि गोष्ठीमा आ-आफ़्ना रचना वाचन गर्ने तथा पठाउने श्रष्टाहरुमा समुद्रपारी डट कमका प्रधान सम्पादक तिलक मल्ल , सीता शर्मा, रामकुमार पाण्डे, अच्यूत तिवारी, सीएम कँडेल, हिमाल भट्टराई, प्रकाश पौडेल माईला, कुमार सिंखडा, भीष्म सुबेदी, दिनेशराज ज्ञवाली, शशि विक, देवी इङनाम, पुष्कर थापा, आलोक चालिसे, महेश श्रेष्ठ, धिषण निरौला, चण्डी सुबेदी、 रवीन्द्रप्रसाद ढकाल ,सन्देश पोखरेल लगायत कार्यक्रममा एनआरएन जापानका अध्यक्ष तथा गीतकार भवन भट्टले हाइकुका साथै आफ्नो भर्खर बजारमा आएको एल्बम हीराका केहि गीत हरु बाचन गर्नु भएको थियो।
समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत डा. योञ्जनले नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानबारे प्रकाश पार्नुहुदैं साहित्यमा आफ़्नो पनि अत्यन्तै रुची रहेको र बिगतमा आफु बिभिन्न साहित्यिक पत्रपत्रिकाहरुमा संलग्न रहेर साहित्यिक गतिबिधिहरुमा सक्रिय रहेको स्मरण गर्नुभयो । उहाँले आफ़्नो रिटायर्ड जीवन पनि साहित्यमै खर्चिने मनशाय ब्यक्त गर्दै नेपालका वरिष्ठ साहित्यकारहरुलाई जापान आमन्त्रण गरी साहित्यिक छलफल चलाउने राजदूताबासको सोंच रहेको समेत खुलासा गर्नुभयो । जापानमा आशालाग्दा साहित्यिक प्रतिभाहरु रहेको आफुले पाएको र यसको उचित मलजल गरिनुपर्ने पनि राजदूत योञ्जनको धारणा थियो । नेपाली साहित्यका शिखर पुरुष लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्पण गरी शुरु गरिएको सो कार्यक्रममा महासचिव दिनेश ज्ञवालीको सञ्चालन र सचिव आलोक चालिसेको स्वागत भाषण रहेको थियो ।
|
अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापान
|
|
|
|
|